गाईलाई केहि मिनेट अंकमाल गर्न खर्च गर्छन् हजारौँ रुपैयाँ, के हो कारण ?

काठमाडौं । अहिले सारा विश्वमा नयाँ ट्रेड शुरु भएको छ । नयाँ ट्रेडमा मानिसहरु गाईलाई केहि समयका लागि अंकमाल गरिरहेका छन् ।

मानिसहर यसो गर्दा तनावबाट राहत मिल्ने र मानसिक स्वास्थ्थ्यका लागि फाइदा हुने विश्वास गरिरहेका छन् ।

यस्तो ट्रेडको शुरुवात होल्याण्डको नामबाट चर्चित देश नेदरल्याण्ड्सको एक सानो गाउँबाट शुरु भएको छ ।

त्यहाँ डच भाषाको शब्द को नफलेन प्रचलित छ । जसको अर्थ गाईलाई अंकमाल गर्नु भन्ने हुन्छ । यसो गर्दा कोरोना भाइरसबाट मुक्त भईने त्यहाँका मानिसहरुको भनाई छ ।

एक स्टडीका अनुसार गाईको घाँटी र पीठमा अंकमाल गर्दा आराम मिल्ने गरेको पत्ता लागेको छ । साथै गाईबाट सकारात्मक उर्जा पनि मिल्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?