काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले यो वर्षका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने भएको हो।
कम्पनीको असोज २८ गतेको सञ्चालक समितिको बैठक बसेको थियो ।
उक्त लाभांश शेयरधनीहरुले कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात प्राप्त गर्न छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया