काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागी एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९९ पैसा र विक्रिदर ११७ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।
गत कारोबार दिन बुधवार एक अमेरिकि डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र विक्रिदर ११७ रुपैयाँ ६८ पैसा रहेको थियो ।
त्यस्तै यूरोपियन यूरो एक यूरोको खरिददर १३७ रुपैयाँ २८ पैसा र विक्रिदर १३७ रुपैयाँ ९८ पैसा तोकेको छ ।
एक यूके पाउन्ड स्र्टोलिङको खरिददर १५१ रुपैयाँ ५१ पैसा र विक्रिदर १५२ रुपैयाँ २९ पैसा रहेको छ ।
गत कारोबार दिन यूके पाउन्ड स्र्टोलिङ एकको खरिददर १५२ रुपैयाँ ८७ पैसा र विक्रिदर १५३ रुपैयाँ ६५ पैसा रहेको थियो ।
स्वीस फ्रन्क १ को खरिददर १२७ रुपैयाँ ८६ पैसा र विक्रिदर १२८ रुपैयाँ ५१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ २७ पैसा र विक्रिदर ३८४ रुपैयाँ २३ पैसा रहेको छ ।
त्यसैगरी बहराईन दिनार १ को खरिददर ३१० रुपैयाँ २७ पैसा र विक्रिदर ३११ रुपैयाँ ८६ पैसा निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया