काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले सिंगिङ रियालिटी टीभी शो ‘ओपो द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने सोचका साथ हिमालय टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ ।
ओपोले द भ्वाइस अफ नेपालको प्रमुख प्रायोजकका रुपमा उक्त सहकार्यको घोषणा गरेको हो । सिंगिङ रियालिटी शोले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायनकला प्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्नेछ ।
नेपाली कला उद्योगकै लागि एक कोशे ढुङगाका रुपमा स्थापितहुन सफलयो रियालिटी शोमा हजारौँ उत्साहित प्रतिष्पर्धीले सहभागिताका लागि आवेदन दिइसकेका छन् भने धेरैले यसैको माध्यमबाट लोकप्रियताको शिखर चुम्दै व्यवसायीक गायन क्षेत्रमा आफ्नो नाम समेत लेखाइ सकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया