हेर्नुहोस् आइतवारको विनियमदर

काठमाडौं । नेपाली बजारमा आइतवार एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५ पैसा र बिक्रिदर ११७ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ १२ पैसा र बिक्रिदर १३७ रुपैयाँ ८२ पैसा तोकेको छ ।

यस्तै यू.के पाउन्ड स्टर्लिङ १ को खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रिदर १५२ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारमा सबैभन्दा महङो मुद्रा कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ५५ पैसा र बिक्रिदर ३८४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै बहराईन दिनार एकको खरिददर ३१० रुपैयाँ ४१ पैसा र विक्रिदर ३१२ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?