काठमाडौं, ४ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा मर्जर भएको एपेक्स बैंकको करिब दुई अर्ब घोटाला गरेको घटनामा थप एक जना पक्राउ परेका छन् ।घोटाला कण्डमा पक्राउ पर्नेमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी छन् । उनी त्यो समयमा तत्कालिन एपेक्स बैंकको सञ्चालक थिए ।घोटाला कण्डको अनुसन्धानको क्रममा प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी)ले अधिकारीलाई पक्राउ गरेको हो ।नेपाल क्रेडिट एण्ड कमर्स बैंकमा मर्जर भएपछि उनी लगानी कोषमा काम गर्न थालेका थिए ।यसअघि घोटाला काण्डमा संलग्न रहेका १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।यस अघि पक्राउ परेकाहरुलाई जिल्ला अदालत, काठमाडौंबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया