सीटीईभीटीको मौका परीक्षा आगामी कार्तिक २२ गते, प्रदेशमा तोकियो परीक्षाकेन्द्र

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) ले आगामी कार्तिक २२ गते डिप्लोमा /प्रमाणपत्र तहको एक विषयको मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

कोरोना महामरीका कारण गत चैतमा रोकिएको परीक्षा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी सञ्चालन गर्न लागिएको हो । कोरोनाको कारण रोकिएको डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बाँकी रहेको मौका परीक्षा सरकारले तोकेको मापदण्ड अनुसार सञ्चालन गर्न लागिएको हो ।

परीक्षा सञ्चालनको लागि सबै प्रदेशहरुमा परीक्षा केन्द्रहरु समेत तोकिएको सीटीईभीटीले जनाएको छ ।

जस अनुसार प्रदेश–१ को ज्योति मावि, इटहरी, प्रदेश–२ को जनता मावि, बेल्ही, जनकपुर, बागमतीको बालाजु स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी, बालाजु, गण्डकीको धर्मस्थली आधारभूत विद्यालय, मालेपाटन, पोखरा, लुम्बिनी प्रदेशको देउराली जनता मावि, जितगढी, बुटवल, कर्णालीको सुर्खेत शिक्षा क्याम्पस, वीरेन्द्रनगर र सुदूरपश्चिमको सरस्वती मावि धनगढी–७, मनहरा, कैलाली परीक्षा केन्द्र तोकिएको हो ।

सिटिईभिटीका अनुसार जुन सुकै प्रदेश वा संस्थाबाट परीक्षा फारम भरेको भएपनि आफूलाई पायक पर्ने प्रदेश अन्तर्गत परीक्षा केन्द्रमा गई परीक्षा दिन सकिनेछ । परीक्षा केन्द्रमा सक्कल प्रवेश पत्र र फोटोसहितको नागरिकता–लाइसेन्स जस्ता फोटो सहितको सक्कल परिचय पत्र देखाएर परीक्षा दिन सकिने सीटीईभीटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?