नन्दबहादुर पुन फेरि उपराष्ट्रपति

काठमाडौँ, ४ चैत – वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित भएका छन् ।उपराष्ट्रपति पदमा उनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी बताए ।उनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहेका थिए ।उनलाई आजै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?