नेपाली बजारमा भित्रियो भिभोको ‘भि२०’, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो भि सिरिजको नयाँ भिभो भि २० आजबाट नेपाली बजारमा आएको छ ।

जस्को सुरुवाती मूल्य ४७ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । आइतवार देखि देशमा रहेको विभिन्न मोबाइल स्टोर मार्फत यो फोन किन्न सकिनेछ ।

भि २० मा रहेको 44MP Eye Autofocus क्यामेरा र उत्कृष्ट सेल्फी अनुभवका लागी Autofocus (AF) सक्षमताहरुका साथ भिभोले प्रिमियम स्मार्टफोनको मापदण्डहरुको अवधारणामा परिवर्तन ल्याएको छ ।

नयाँ V20 स्लिम र लाईटवेट पनि छ र 7.38mm Ultra Sleek AG Glass रहेको छ जसले युवा प्रयोगकर्ताहरुको दु्रत गति जीवनशैलीलाई सहजता  दिलाउने कम्पनीले जनाएको छ ।

उक्त स्मार्टफोनमा 64MP क्यामेराको साथमा Super Night Mode पनि रहेको छ जसले निकै जुम गरिएको अवस्थामा पनि स्पष्ट र गुणस्तरिय तस्बिर प्रदान गर्दछ ।

यो 33W FlashCharge क्षमता द्वारा समर्थित छ जसले V20 लाई दिनभर प्रयोगमा रहन सक्षम बनाउने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?