लोकसेवा आयोगको सबै लिखित परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले लिने सबै लिखित परीक्षाहरु स्थगित गरिएको छ ।

यसअघि आयोगले निर्णय गर्दै आगामी कार्तिक १६ गतेदेखि लिखित परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरेको थियो । तर परीक्षामा सम्मिलित हुने परीक्षार्थीमा सिर्जना भएको भय तथा आयोगमा समेत कोरोना भाइरसको संक्रमण देखिएकाले लिखित परीक्षा स्थगित गरिएको आयोगले जनाएको छ ।

सोमवार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्मका लागि लिखित परीक्षा स्थगित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?