चाणक्यका यी २० वाणी, जसले बदल्न सक्छ सोच र जीवन !

काठमाडौं । चाणक्यका प्रशंसक र समर्थक संसारमा धेरै छन् । चाणक्य वा कौटिल्यको नामले चिनिने यी व्यक्तित्व विद्धान, तक्षशिलाका आचार्य, दार्शनिक एवं महान् सम्राट चन्द्र गुप्त मौर्यका गुरु थिए ।

उनको जन्म लगभग ई.पू ३७०-२८३ मा भएको विश्वास गरिन्छ । चाणक्यलाई राजनीति र कुटनीतिका महान ज्ञाता मानिन्छ ।

उनले अर्थशास्त्र, राजनीति, आर्थनिती, कृषि, समाजनीतिजस्ता महान ग्रन्थहरु रचना गरेका छन् । उनको अर्थशास्त्रलाई मौर्यकालिन समाजको दर्पण मानिन्छ ।

तत्कालीन समयमा मात्रै होइन, पछिसम्म पनि महान दार्शनिक मानिएका उनै चाणक्यका विभिन्न वाणीहरु हामीले सुन्न र पढ्न पाउँछौं ।

यी हुन् विश्वचर्चित मानिएका चाणक्यका २० वाणीहरु ।

१. ज्ञानभन्दा ठूलो अर्काे गुरु छैन ।

२. गुरु, मित्र, मुर्ख र स्वजनहरुसित बुद्धिमान व्यक्तिले कहिल्यै विवाद गर्दैन ।

३. सत्पुरुष त्यो हो जो, अरुको कल्याणको लागि काम गर्छ ।

४. चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसरी नै एक सज्जन व्यक्ति प्राणीमाथि दया गर्नुपर्दछ ।

५. भोकै भए पनि बाघले कहिल्यै घाँस खाँदैन ।

६. अत्याधिक लोभ पतनको प्रमुख कारण हो ।

७. आफ्नो इच्छा अनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।

८. धन नहुँदैमा कसैलाई निर्धन मान्न सकिँदैन ।

९. अपमान सहेर बाँच्नुभन्दा पैतालाको धुलो राम्रो हुन्छ ।

१०. सुन्दरता, तरुण अवस्था र मधुरता यी तीन रुप नारी जातीको सबैभन्दा ठूलो बल हो ।

११. उच्च आसन, महलमा बसेर होइन मानिस असल गुणले उत्तम हुन्छ ।

१२. आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोस मान्नुपर्छ ।

१३. कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादै महंगो हुन्छ । त्यसले कल्पनै नगरेको बेला हमला गर्न सक्छ ।

१४. तपाई खुसी हुनु नै दुश्मनका लागि ठूलो हतियार हो ।

१५. अरुको गल्तीबाट सिक किनभने आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो हुन्छ ।

१६. कुनै पनि व्यक्ति आवश्यकभन्दा धेरै सोझो हुनु हुँदैन । किनभने सोझो रुख नै पहिला काटिन्छ ।

१७.  कोहि पनि व्यक्ति कामबाट महान हुन्छ । जन्मबाट होइन ।

१८. तपाईको कुरा सुन्नेबेला यताउता हेर्ने मानिसको कहिल्यै विश्वास गर्नु हुँदैन ।

१९. भुतको बारेमा पछुताउनु र भविष्यको बारेमा चिन्ता लिनु हुँदैन । किनभने विवेकवान मानिस सँधै वर्तमानमा वर्तमानमा जित हासिल गर्छ ।

२०. सफलता प्राप्त गर्न साथीको आवश्यक पर्छ तर धेरै ठूलो सफलता पाउनको लागि राम्रो शत्रुको आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?