काठमाडौं । नवरात्र समाप्त भएपछि दशमीमा देवीको विसर्जन गर्नुपर्दछ ।
दुर्गाभक्तितरङ्गिणीमा उद्धृत देवीपुराणमो वचनमा भनिएको छ – नवरात्रपछि दशमी तिथिमा प्रातः विधिपूर्वक पूजा गरि गीत र बाजागाजाका साथ देवीलाई विसर्जन गर्नुपर्दछ । विसर्जन गर्ने क्रममा प्राथनागर्दै भन्नु पर्दछ– हे भगवती † मलाई रुप दिनुहोस् ,यस दिनुहोस् ,मेरा सत्रुलाई सखाप पारिदिनुहोस् ,मलाई ऐश्वर्य,पुत्र र धन दिनुहोस् र मेरा सबै कामना पूर्ण तुल्याउनुहोस् । हे महिषासरमर्दिनी महामाया † हे चण्डिका † हे मुण्डमालिनी † मलाई आयु, आरोग्य र ऐश्वर्य दिनुहोस् । म हजुरलाई नमस्कार गर्दछु ।
देवीलाई उठाउने मन्त्रः
ईति सम्प्राथ्र्य देवीं तु तत उत्थापयेद् बुध ।
उत्तिष्ठ देवी चण्डेशि शुभां पूजा प्रगृह च ।।
कुरुष्व मम कल्याणमष्टाभि शक्तिभिःसह ।
गच्छ गच्छ परं स्थानं स्वस्थानं दवि चण्डिके ।।
यि मथिका मन्त्र अनुसार बुद्धिमान नरनारीले देवीको मूर्ति उठाएर प्राथना गर्दै भन्नुपर्दछ – हे चण्डेशी देवी † हजुर मैले अर्पण गरेको पूजा लिएर उठ्नुहोस् । हजुरले आफ्ना आठवटी शक्तिका साथ मेरो कल्याण गर्नुहोस् । हे देवी चण्डिके † अव हजुर आफ्नो धाममा जानुहोस् ,जानुहोस् ।
कर्ताले देवीको मूर्तिलाई उठाउँदा–हे देवी † हजुर वृद्धिका लागि नदीको जलमा जानुहोस् र त्यहीँ स्थिर भई विराजमान हुनुहोस् भनि मूर्ति उठाएर जलमो समीपमा पुर्याई प्राथना गरि भन्नुपर्दछ – हे दुर्गा अम्बिका † हे जगदम्बिका † हामीहरुद्धारा पूजा गरिएकी हजुर एक संवत्सर अर्थात वर्ष पूरा भएपछि फेरि याहाँ आउनका लागि आफ्नो घरमा जानुहोस् । हे देवी † देवी आफ्नो शक्तिअनुसार मैले गरेको पूजा हाम्रै रक्षाका लागि स्वीकार गरी हजुर आफ्नो उत्तम धाममा जानुहोस् । यसरि निवेदन गरेपछि मूर्तिलाई जलमा प्रवाहित गराउनुपर्दछ ।
जलप्रवाहपछि घरमा गई ब्राहणहरुबाट शान्तिकलशका जलको अभिषेक लिएर ब्राहणभोजन गराई दक्षिणाप्रदान गर्नुपर्दछ । त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेबाट भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद लिनुपर्दछ र बान्धवहरुका साथ भगवतीको प्रसाद ग्रहण गर्नुपर्दछ ।
ज्यो.दुर्गा भण्डारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया