बुधवार अधिकांश विदेशी मुद्राको मूल्य बढ्दा पाउण्ड घट्यो

काठमाडौं । नेपाली बजारमा बुधवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २४ पैसा र बिक्रिदर ११७ रुपैयाँ ८४ पैसामा कारोबार भइरहेको छ ।

मंगलवार १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १० पैसा र विक्रिदर ११७ रुपैयाँ ७० पैसा रहेको थियो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रिदर १३९ रुपैयाँ २२ पैसा तोकेको छ । त्यस्तै मंगलवार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ६९ पैसा र विक्रिदर १३८ रुपैयाँ ३९ पैसामा कारोबार भएको थियो ।

बुधवार यू.के पाउन्ड स्टर्लिङ १ को खरिददर १५२ रुपैयाँ ०१ पैसा र विक्रिदर १५२ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ । सोमवार १ पाउन्डको खरिददर १५२ रुपैयाँ २४ पैसा र विक्रिदर १५३ रुपैयाँ ०२ पैसा रहेको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८३ रुपैयाँ ३० पैसा र विक्रिदर ३८५ रुपैयाँ २६ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१० रुपैयाँ ९४ पैसा र विक्रिदर ३१२ रुपैयाँ ५४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?