इन्फ्रास्टक्चर बैंकको ८ करोड कित्ता आईपीओ आउँदै

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

बैंकको दोश्रो वार्षिक साधारण सभा मंसिर ३ गते हुने भएको छ । आइतवार बसेको सञ्चालक समितिको बैठकले काठमाडौं १० बानेश्वरस्थित बैंकको रजिष्टर्ड कार्यालयमा अपरान्ह ४ बजे साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता सर्वसाधारण शेयर (आईपीओ) निष्काशनको प्रस्ताव छलफलसहित पारित गरी प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।

नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने सञ्चालक समितिको निर्णय बमोजिम बैंकको जारी पूँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याईको ४० प्रतिशतले हुने ८ करोड कित्ता शेयर निष्काशनका लागि आईपर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकिएका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?