रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट

काठमाडौं । कोरोना भाइरसका कारण रोकिएको कक्षा १२ को अन्तिम परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।  गत वर्षको बैशाख ८ गतेदेखि तोकिएको परीक्षा कोरोना भाइरसका कारणका कारण रोकिएको थियो ।

अब सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड कायम गर्दै सामाजिक दूरी कायम गरी परीक्षा सञ्चालन गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षा तालिका र कार्यविधि समेत तयार गरी परीक्षा सञ्चालन गर्न लागिएको हो ।

मंसिर ९ गतेबाट शुरु भएको परीक्षा मंसिर १६ गतेसम्म सम्पन्न हुनेछ ।

तर कोरोना जोखिमलाई ध्यानमा राख्दै कोरोना संक्रमित विद्यार्थीलाई संक्रमण मुक्त भइसकेपछि छुट्टै व्यवस्था गरिने समेत बोर्डले जनाएको छ ।

कोरोनाको कारण परीक्षा दिनबाट छुटेका विद्यार्थीहरुका लागि भने सरकारले तोकेको प्रयोगशालाहरुको नेगेटिभ रिपोर्टका आधारमा परीक्षा दिने व्यवस्था गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?