काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बडा दशैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा विभिन्न क्यास ब्याक योजना सार्वजनिक गरेको छ ।
बैंकले चाडपर्वको अवसर पारी ग्राहकलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफ वान सफ्ट (F1 soft) सँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्धार्थ बैंक स्मार्ट मार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरुले बैंकस्मार्ट मार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्नेछन् :
१. सिद्धार्थ बैंकस्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअप
–कार्तिक ६ देखि मंसिर ५ गते सम्म पहिलो पटक बैंकस्मार्ट एप क्रियाशील गर्दा ५० रुपैयाँको मोबाइल टपअप ।
२. डिजिटल दक्षिणा :
– कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरण (Remarks) मा ”Dakshina” लेखि तीन पटक रकम न्यूनतम १०० पहिलो ट्रान्सफर गर्दा ३०० रुपैयाँ क्यास ब्याक ।
३. पहिलो र थप तीन कारोबारमा क्यास ब्याक :
– कार्तिक ६ देखि मंसिर ५ गते सम्म कारोबारको विवरण (Remarks) मा “My First” लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २०% (अधिकतम) १०० रुपैयाँ क्यास ब्याक ।
– थप तीन कारोबार गर्दा ३०० रुपैयाँ क्यास ब्याक ।
–यस क्यास ब्याक पाउन ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्ने ।
यसै गरी कार्तिक ६ देखि मंसिर ५ गते सम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफ वान सफ्ट ९ँज्ञ कयात० ले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकहरुलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।
यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यास ब्याक योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया