काठमाडौं, ५ चैत । एफ.पी.यू. मिसनमा जान पाउने प्रलोभनमा परी दुई जना बहालवाला प्रहरी अधिकारीहरु नै ठगिएका छन् ।‘म प्रहरी प्रधान कार्यालयको डिएसपी नारायणकुमार श्रेष्ठ हुँ’ भन्दै आफ्नो परिचय दिने नक्कली डिएसपीबाट दुई जना बहालवाला प्रहरी कर्मचारी ठगिएको महानगरीय अपराधा महाशाखाले जनाएको छ ।प्रहरीलाई नै यसरी ठगी गर्ने महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ स्थायी घर भएका आनन्द कुमार मण्डलाई महाशाखाले काठमाडौंको माइतिघरबाट पक्राउ गरेको छ । मण्डलसँगै मिलेर ठगी कार्यमा सक्रिय रहेको ‘नक्कली डिएसपी’ प्रकाश सिंह भने फरार रहेको प्रहरीले जनाएको छ ।मैतिदेवी बस्दै आएका आनन्द कुमार मण्डलले ‘प्रहरी हेड्क्वार्टरको डिएसपीसँग कुरा गराई सेटिङ मिलाएर विदेश पठाईदिन्छु भन्दै विश्वास दिलाएर दुईजना प्रहरीसँग महोत्तरीको मनराकट्टी गा.वि.स बस्ने वर्ष ५३ को प्रकाश सिंहलाई भेट गराएका थिए ।केही दिनअघि ति प्रहरीसँगको भेटमा मण्डलले प्रकाश सिंहको परिचय गराउँदै ‘उहाँ हेड्क्वार्टरको डिएसपी नारायणकुमार श्रेष्ठ’ भन्दै परिचय गराएका थिए । यसरी आफ्नै डिएसपी ठानेर अभिवादन समेत गरेका दुई प्रहरी कर्मचारीले मिसन जान पाउने प्रलोभनमा परि ४ लाख बुझाएको अपराध महाशाखाले जनाएको छ ।पक्राउ परेका आनन्द कुमार मण्डललाई ठगी मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरिएको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया