नक्कली शसस्त्र प्रहरी बनि ठगी गर्ने महिला पक्राउ

काठमाडौं, ५ चैत । नक्कली सशस्त्र प्रहरी बनेर ठगि गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।‘सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै नक्कली सशस्त्र प्रहरी बनेर ठगि गर्ने कोपिला बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।सिन्धुपाल्चोकको बलेफी नगरपालिका–७ स्थायी घर भएकी २७ वर्षीया कोपिलाले चार युवतीहरुबाट २ लाख ४१ हजार ठगि गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।‘सशस्त्र प्रहरीको असई हुँ, शसस्त्रमा जागिर लगाईदिन्छु’ भन्दै मञ्जु बुढाथोकीको नाममा बालाजुमा बस्दै आएकी बोहराले दैलेखकी राधा शाहिसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, बिमला खड्कासँग १५ हजार र जुना कुमारी खड्कासँग १९ हजार ठगि गरेको बताइएको छ ।आइतबार काठमाडौंको बालाजुस्ति लोकतान्त्रिक चोकबाट प्रहरीले बोहरालाई पक्राउ गरेको हो ।पीडितहरुलाई विश्वास दिलाउनका लागी बोहराले सशस्त्र प्रहरीको युनिफर्म लगाएको फोटो समेत देखाएर विश्वास दिलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?