काठमाडौँ, ५ चैत । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले ठमेल आसपासको क्षेत्रमा पर्यटक बसपार्क निर्माण गर्न माग गरेको छ ।गृहमन्त्रालयको आइतबारको बैठकले कान्तिपथबाट पर्यटकीय बसपार्क अन्यन्त्र सार्ने निर्णय गरेसँगै आज टिवानले एक विज्ञप्ति जारी गरी ठमेल आसपासमा बसपार्क निर्माण गर्न माग गरेको हो ।टिवानका महासचिव कृष्ण आचार्यले कान्तिपथबाट दैनिक हजारौँ पर्यटकलाई आवतजावत गराउने पर्यटकीय बसलाई ठमेल वरपरको क्षेत्रमा बसपार्क निर्माण गर्नुपर्ने बताए । “सरकारले १५ लाख पर्यटक भित्र्याउने निर्णयअनुसार काम गरिरहेको बेला गृहमन्त्रालयको यो निर्णयले हामीलाई गम्भीर ध्यानाकर्षण गरेको छ,”– महासचिव आचार्यले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया