कार्तिक ११ गते सम्म सम्पूर्ण बीमा कम्पनीहरु बन्द

काठमाडौं । सरकारले कार्तिक ७ गतेदेखि ११ गतेसम्म दशैं बिदा दिने निर्णय गरेको छ ।

दशैँ बिदामा यसअघि आंशिक रुपमा काम गर्ने गरेका बीमा कम्पनीहरुले यस पटक पूर्ण रुपमा बन्द गर्न लागेका छन् । बैंक तथा वित्तीय संस्थाहरु समेत पूर्ण रुपमा बन्द हुने हुँदा बीमा कम्पनीहरु पनि यस पटक पूर्ण रुपमा बन्द हुने भएका छन् ।

राष्ट्रिय पर्व दशैंमा शुक्रवारबाट कार्तिक ११ गतेसम्म नेपालका ४० वटै बीमा कम्पनीहरु बन्द हुनेछन् ।

दशैँको बिदामा २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एक वटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा निर्जिवन बीमा कम्पनीहरु बन्द हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?