काठमाडौं । विश्वमा लगभग ६ हजार ९०० भन्दा पनि धेरै भाषहरु बोलिन्छन् ।
ति मध्ये केहि भाषा यस्ता पनि छन्, जो हजारौँ वर्ष पुराना छन् । त्यस्तै केहि भाषा त्यस्ता पनि छन् जसको अस्तित्व अब लोप हुँदैछ ।
किनभने यो भाषा बोल्ने मानिस अब कम मात्रै बाँकि छन् । यस्तै एउटा भाषा छ यघान ।
अर्जेन्टिनाको एक द्वीपको यो भाषा लगभग अब लोप भईसकेको छ । यघान भाषालाई लिएर हैरान बनाउने अर्को घटना पनि छ ।
यो भाषा बोल्ने मानिस अब विश्वमा एक मात्रै बाँकी छन् । यो भाषा अर्जेन्टिना र चिलीको बीचमा बस्ने टिएरा डेल फ्यूगो नामक द्वीपमा बस्ने आदिबासी बोल्ने गर्दथे ।
अब यो भाषा बोल्ने मानिस एक महिला मात्र बाँकी छन् । उनको नाम क्रिस्टिना काल्डेरोन रहेको छ । उनलाई स्थानीय मानिस अबुईला भने बोलाउँछन् ।
त्यसको अर्थ हजुर आमा भन्ने हुन्छ । उनलाई २००९ मा चिली सरकारले सम्मानित गरेको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया