ओपोद्वारा ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । ओपोले सेप्टेम्बर १९का दिन ‘वान मोर स्टेप’ थिमका साथमा नयाँ उत्पादन सार्वजनिक गरेको छ ।

नयाँ उत्पादन सार्वजनिकका लागि आयोजित कार्यक्रम मार्फत ओपोले, ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स, ओपो वाट्च आरएक्स, ओपो टीभी एसवान र ओपो टीभी आरवान सिरिज लगायतका साथमा आफ्नो आईओटी ईकोसिस्टमलाई विस्तार गर्दै विभिन्न नयाँ उत्पादनहरु सार्वजनिक गरेको थियो ।

सार्वजनिक गरिएका नयाँ उत्पादनहरुले ओपोको आईओटी बजार पोर्टफोलियो विस्तार गर्ने रणनीतिक योजना प्रतिबिम्बित गरेको छ । मानव स्पर्शका साथमा ओपोले विभिन्न अवस्थामा उपयोगी पृथक उपकरणका साथमा स्मार्ट अनुभव पस्कने अथक प्रयास गरिरहेको छ ।

आवाजलाई नयाँ परिभाषा दिँदै ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स

ओपो एन्को एक्स ट्रुवायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्स सार्वजनिक गर्नका लागि अग्रणी वैश्विक हाई-फाई ब्राण्ड डाइनअडियोसंग सहकार्य गरेको छ ।

ईयरफोन्स ट्युनिङ डाइनअडियो ए/एसका चिफ एकोस्टिक विशेषज्ञ ड्यानियल ईमोन्ट्सले गरेका हुन् । उनी अवार्ड जितिसकेका विभिन्न डाइनअडियो स्पिकर्सका एकोस्टिक डिजाइनर हुन् ।

एक्सक्लुजिव डीबीईई ३.० एकोस्टिक प्रणालीद्वारा सञ्चारित तथा नवप्रबर्तनात्मक एकोस्टिक स्ट्रक्चरल डिजाइन सुसज्जित, ओपो एन्को एक्स ट्रु वायरलेस न्वाइज क्यान्सलिङ ईयरफोन्सले उच्च गुणस्तरिय आवाज प्रस्तुत गर्नुका साथै सन्तुलित र प्राकृतिक ध्वनि प्रेशित गर्ने क्षमता राख्दछ ।

ओपोद्वारा मूल प्रविष्टि-स्तरका आईओटी उत्पादनहरु सार्वजनिक

आयोजित कार्यक्रम मार्फत ओपोले टीभीका दूई सिरिज, ओपो टीभी एसवान र ओपो टीभी आरवानलाई तीन भिन्न मोडल्समा सार्वजनिक गरेको छ ।

६५ ईन्चको ओपो टीभी एसवानमा फोरके क्यूलेड रिजोल्यूशन क्वानटम डट वाइड कलर ग्याम्यूट डिस्प्ले फिचर उपलब्ध छ । यसमा रहेको १२० प्रतिशत अल्ट्रा(वाइड कलर ग्याम्यूटले सटिक र थप भाइब्रेण्ट ग्राफिक्स र सहज र स्मूथ कलर ट्रान्जिशनमा सघाउँछ ।

यसमा रहेको १२०एचजेड रिफ्रेश रेट र भ्यारिएबल रिफ्रेश रेट (भीआरआर)ले स्पोर्ट्स तथा गेमिङ ग्राफिक्सलाई स्मूथ र अझ प्राकृतिक देखाउन सघाउँछ ।

टीभीको एकोस्टिक परफरमेन्सको कुरा गर्दा ओपोले यसमा सटिक सिनेम्याटिक साउण्ड क्वालिटी दिन डायनअडियो संग सहकार्य गरेको छ । ओपो टीभी एसवानमा ८५वाट सम्म उर्जा दिने र ५.१.२ च्यानल्स र डल्बी एट्मस सपोर्ट गर्ने अठार स्टेरियो सराउण्ड साउन्ड स्पिकर्स जडित छ ।

कनेक्टेड फ्यूचर तिर, ओपोको थप एक कदम

विश्वभर फाइभजी र एआई प्रविधिको बिस्तारसंगै, ओपो ईन्टरनेट अफ थिंग्सको यूग तिर तिब्र गतिमा अग्रसर भइरहेको छ ।
यस यूगमा विभिन्न उपकरण विचको अन्तरक्रियाको माग ब्यापकरुपमा बढी रहेको छ । विश्वकै अग्रणी प्राविधिक ब्राण्डका रुपमा ओपोको परिचय अब स्मार्टफोन निर्माताका रुपमा मात्र सिमित छैन । कम्पनीले आफ्नो दिर्घकालिन योजनालाई नयाँ आईओटी ईकोसिस्टम निर्माणमा केन्द्रित गरिसकेको छ ।

भविस्यमा ओपोले आफ्नो ध्यान ब्यक्तिगत मनोरञ्जन, होम अप्लायन्सेस र फर्निसिङ र खेल तथा स्वास्थ्य गरी विशेषतः तीन प्रमुख प्रयोग सिनेरियोमा केन्द्रित गर्नेछ । यसैमा आधारित भई ओपोले भविस्यमा आफ्ना आईओटी लाइनअपको विस्तार गर्नेछ ।

ओपोले आफ्नो आईओटी नीतिको घोषणा पहिलो पटक ओपो ईन्नो डे २०१९मा गरेको थियो । सो समयमा कम्पनीले आफ्नो ध्यान आफ्ना प्रमुख ईन्ट्रि लेभल उत्पादनमा केन्द्रित गर्दै खुल्ला आईओटी ईकोसिस्टम स्थापना गर्ने तिर अग्रसर हुने जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?