प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना संक्रमण

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीवार स्वाब परीक्षण गरेकोमा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।
मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराए । उनी अहिले विराटनगरस्थित निवासमा आइसोलेसनमा बसेका छन्। मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् ।
यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइसोलेसनमा बसेका छ। उनको स्वास्थ्यावस्था पनि सामान्य छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?