सचेतक शाहको कारवाही फिर्ता गर्न मुख्यमन्त्री शाहीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहमाथिको कारवाही फिर्ता लिन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रवार कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीलाई निर्देशनात्मक पत्र पठाएका हुन् ।

उक्त पत्रमा शाहालाई प्रधानमन्त्रीले प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशन दिएका छन् ।

कार्तिक ५ गतेको मितिमा लेखेको निर्देशनात्मक पत्रमा ‘अनुशासित तवरले प्रमुख सचेतकको जिम्मेवारी सम्हालिरहनु भएको र मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्न असहमत रहनुभएका नेपाल कम्युनस्टि पार्टी (नेकपा) प्रदेश सभा दल कर्णालीका प्रमुख सचेतक गुलावजंग शाहमाथि तपाइले गरेको कारवाही फिर्ता लिन र उहाँलाई पूर्ववत प्रमुख सचेतकको जिम्मेवारीमा स्थापित गर्न निर्देशित गर्दछु’, उल्लेख गरि प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई शुक्रबार पठाएका हुन् ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?