काठमाडौं । घर बाहिर सफा वातावरणको लागि मानिसहरु बोटबिरुवा लगाउने गर्छन् ।
यसमा कतिपयले त धेरै खर्च पनि गर्ने गर्छन् । तर एउटै बिरुवालाई यति धेरै रकममा किनेर घरको सजावटको लागि राखिएको सायदै यो पहिलो पटक होला ।
न्यूजिल्याण्डमा एक ४ पाते बिरुवालाई ९ लाखमा किनिएको छ । यो बिरुवा अत्याधिक दुर्लभ बिरुवा रहेको बताइएको छ ।
यसको नाम वेरिगेटेड र्याफिडोफोरा टेट्रास्पर्मा रहको छ ।यो बाहेक यसलाई फिलोड्रेन्ड्रोन मिनिमा पनि भनिन्छ ।
यसमा पहेँलो रङका ४ पातहरु हुन्छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया