महादेवले त्रिशुल बोक्नुको कारण के ?

काठमाडौं । देवताका पनि देवताको रुपमा हामी हिन्दू धर्मावलम्बीहरुले महादेवलाई चिन्ने गर्दछौँ ।

तपाईले शिव वा महादेव भन्ने बित्तिकै पक्कै पनि त्रिशुला हातमा लिएको, डमरु बोकेको, नागको माला लगाएको, भष्म धारण गरेको कुरा कल्पना गर्नु भयो होला ।

आज हामी तपाईलाई महादेवले हातमा बोकेको त्रिशुलको रहस्यको बारेमा जानकारी दिनेछौँ ।

महादेवलाई सबै किसिमका शस्त्रअस्त्रको ज्ञाता मानिन्छ । तर पौराणिक कथामा उनका दुई प्रमुख अस्त्रको बारेमा व्याख्या गरिएको छ । त्यो हो धनुष र त्रिशुल ।

भगवान शिवको धनुषको कुरा गर्ने हो भने यसको आविष्कार महादेव स्वयंले गरेका थिए ।

त्यस्तै त्रिशुलको कुरा गर्दा मान्यता यो छ कि, श्रृष्टिको शुरुवातमा जब शिव प्रकट भएका थिए, त्यो बेला नै उनले सत्व, रज र तम यी तीन गुण पनि प्रकट भएका थिए ।

तिनै तीन वटा गुण महादेवका तीन शूल अर्थात् त्रिह शूल बनेका थिए । यसका साथै यी तीन गुणबिना धर्तीको सञ्चालन हुन सक्दैन ।

त्यसैले महादेवले उक्त तीन गुण नै आफ्नो त्रिशुलमा धारण गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?