काठमाडौं । संसारमा रहस्यको खानी नै छ । हामीलाई थाहा हुँदैन तर हरेक ठाउँमा केहि न केहिको रहस्य भएकै हुन्छ ।
आज हामी एउटा त्यस्तै रहस्यको बारेमा तपाईलाई जानकारी दिँदैछौँ । भारतको मध्यप्रदेशस्थित रतलाममा एउटा यस्तो चट्टान छ जहाँबाट घण्टीको आवाज निस्किन्छ ।
यो चट्टान रतलामबाट २५ किलोमिटर टाढा बेरछा गाउँमा रहेको छ । त्यहाँ देवीको शक्ति धाम पनि रहेको छ ।
त्यहाँको मन्दिरमा गएर आफ्नो मनोकाञ्क्ष प्रकट गरे प्राप्त हुने विश्वास छ । तर त्यहिँ रहेको एक चट्टानमा तपाईले घण्टी बजेको आज सुन्न सक्नु हुन्छ ।
त्यहाँ एक ढुंगाले हान्दा घण्टी बजेको आवाज निस्किन्छ । त्यसलाई चमत्कारी चट्टान पनि भन्ने गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया