गण्डकी । गण्डकी प्रदेशमा एक सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ९४५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
थप हुनेमा कास्कीका ९८, नवलपरासी(बर्दाघाट सुस्ता पूर्व)का १६, तनहुँका १४, स्याङजाका १२, गोरखाका ११, बाग्लुङका दुई, मुस्ताङ र स्याङ्जाका एक/एक जना छन् ।
गण्डकीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
गोरखाको बारपाक सुलिकोटका १९ वर्षीय महिलाको मङ्गलबार दिउसो ३ः४५ बजे भरतपुर अस्पताल, चितवनको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै नवलपरासी (ब.सु.पू) गैंडाकोटका ५४ वर्षीय कोरोना संक्रमित पुरुषको मङ्गलबार साँझ ५ः२६ बजे चितवन मेडिकल कलेज, चितवनको सघन उपचार कक्षमा निधन भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया