काठमाडौं । हरेक कोहि पनि मानिस आफ्नो विवाहलाई अविस्मरणीय बनाउन चाहान्छ ।
यसबीचमा कोहि महिना दिन अगाडि देखि आफ्नो तयारी थाल्छन् ।
यस्तै एउटा घटना फिलिपिन्समा पनि भएको छ ।
त्यहाँ एक जोडी विवाह गर्न चर्च जाँदै थिए । बाटोमा जाने क्रममा भीषण वर्षा भयो र त्यहाँको लुयांग नदीमा बाढी आयो । तर पनि उनीहरुले हिम्मत हारेनन् र चर्चमा गएर विवाह गरे । यो विवाह २३ अक्टोबरमा भएको थियो ।
सीएनएनका अनुसार रोनिल गुइलिपा र जेजियल मैसुलाले बाढी आएको नदी पार गरेर विवाह गरेका हुन् ।
उनीहरुको नदी तरिरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
उक्त भाइरल तस्वीरमा हामीले बेहुला र बेहुलीले आफ्नो कपडा माथि सारेर नदी तरिरहेको देख्न सकिन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया