काठमाडौं । के तपाईलाई थाहा छ कि महाबली हनुमानजीसँग कति प्रकारका अस्त्र शस्त्र थिए र उनी कुन वाहनमा चढ्दथे । यदि यस बारेमा जानकारी छैन भने आज हामी तपाईहरुलाई यसको बारेमा जानकारुी दिनेछौँ ।
खड्गं त्रिशूलं खट्वाङ्गं पाशाङ्कुशसुपर्वतम् ।
मुष्टिद्रुमगदाभिन्दिपालज्ञानेन संयुतम् ॥ ८॥
एतान्यायुधजालानि धारयन्तं यजामहे ।
प्रेतासनोपविष्टं तु सर्वाभरणभूषितम् ॥ ९॥
हनुमानजीको वाहन हनुमत्शहस्त्रनामस्तोत्र को ७२ हौँ श्लोकमा उनलाई वायुवाहन भनिएको छ । मतलव यो हो कि उनको वाहन वायु हो ।
उनी वायुमा सवार भएर अत्याधिक प्रवल वेगले एक स्थानबाट अर्काे स्थानमा जान्छन् । हनुमानजीले एक पटक भगवान श्री राम र लक्ष्मणलाई आफ्नो काँधमा राखेर उडेका थिए ।
त्यसपछि उनले एकपटक द्रोणचल पर्वतलाई उखेलेर लंका लगेका थिएर त्यहि दिन नै यथास्थानमा लगेर रालिदिएका थिए । यो पनि भिनिन्छ कि उनी भूतमा सावारी पनि गर्दछन् ।
हनुमानजीका अस्त्र-शस्त्र
उनको अस्त्रशस्त्रमा पहिलो नम्बरमा पर्दछ गदा । कुबेरले उनलाई गदाघातबाट अप्रभावित हुनेको वरदान दिएका थिए । उनी वज्रांग पनि हुन् ।
यमले उनलाई दण्डले अभयदान दिएका थिए । भगवान शंकरले शुल एवम पाशुपत, त्रिशुल आदि अस्त्रहरुबाट अभय हुने वरदान दिएका थिए । अस्त्र शस्त्रका कर्ता विवश्वकर्माले हनुमानजीलाई समस्त अयोध्यामा अवध्य हुने वरदान दिएका थिए ।
उनका अस्त्र-शस्त्र
१. खड्ग
२. त्रिशुल
३. खट्वाङ्ग
४. पाश
५. पर्वत
६. अंकुश
७. स्तम्भ
८. मुष्टि
९. गदा
१०. वृक्ष
हनुमानजीको बायाँ हात गदाले युक्त मान्ने गरिन्छ । वामहस्तगदायुक्तम् श्री लक्ष्मण र रावणको बीचमा भएको युद्धमा हनुमानजीले रावणबिरुद्ध युद्धमा गदाको प्रयोग गरेका थिए ।
उनले गदाको प्रहारबाटै रावणको रथलाई खण्डित बनाएका थिए । स्कन्दपुराणमा हनुमानजीलाई बज्रयुध धारण गर्नेवाला भनेर प्रार्थना गरिएको छ ।
उनको हातमा वज्र सधैँ रहन्छ । अशोक वाटिकामा हनुमानजीले राक्षसहरुको वध गर्न वृक्षको डालोलाई हतियार बनाएका थिए । साथै उनको एउटा अस्त्र पुच्छर पनि हो । उनले आफ्नो मुष्ठिको प्रहारबाट पनि धेरै राक्षसहरुलाई मारेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया