गर्भवती महिलालाई किन हुन्छ वाकवाकी ? यस्तो छ कारण !

काठमाडौं । गर्भावस्थामा महिलाहरूलाई वाकवाकी लाग्ने गर्दछ । जसले गर्दा खानामा अरुची हुने गर्दछ ।

चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्दछ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ ।

यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँदछ । स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्दछ ।

गर्भवती अवस्थामा वान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ ।

सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४-८ हप्ताबाट शुरु हुन्छ । र, यो क्रम १३-१४ हप्तासम्म रहन्छ । कसैकसैलाई भने अलि पछिसम्म यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर पेटमा भएको बच्चालाई भने कुनै असर हुँदैन ।

धेरै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन ।

त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । विहान उठ्नुअगाडि भिजाएर राखेको गेडागुडी खानुपर्दछ । जसलाई भेज लाइक टोस्ट पनि भनिन्छ । र, त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?