काठमाडौं – आज तिहारको अर्को महत्वपूर्ण दिन अर्थात् यमपञ्चकको म्हपूजा र गाईगोरु पूजा गरि मनाउने दिन । तिहारको पहिलो दिन कात्तिक २७ गते यमदीप दान, कात्तिक २८ गते काग तिहार, धनवन्तरि जयन्ती धन त्रयोदशी र धनतेरस पर्व, कात्तिक २९ गते बिहान कुकुर तिहार, बेलुकी लक्ष्मीपूजा, कात्तिक ३० गते गाई, गोरु र आत्म /म्हपूजा, १ गते भाइपूजा, किजापूजा, नेपाल संवत् ११४१ परेको छ ।
नेपाल लगायत विश्वभरि कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । भगवान श्री कृष्णसँग आजकै दिन ईन्द्रले आफ्नो क्रोधयूक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ ।
आजको दिन, श्री कृष्णले आफ्नो औंलाले उठाएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्द्धन पर्वतको पूजाआजा गर्दा गाईवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रुपमा पूज्ने चलन रहिआएको छ ।
गोवर्धननका साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पूजा गरिन्छ ।
आजको दिन यि हलगोरु अनि हलोको पूजा गर्ने गरिन्छ ।
म्हपूजा
यसैगरी आजै नेवारी समूदायमा म्हपूजा गर्ने चलन छ ।
नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो ।
आजको दिन आत्मतत्तवलाई बोध गराउने अनि सजिवताको आभाष गराउने दिन पनि हो ।
नेवारी भाषामा म्हं शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययकारुपमा व्यापक रुपमा बोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात् तपाईलाई सञ्चै छ
म्ह फु अर्थात् सञ्चै छ ?
म्ह मफु अर्थात् सञ्चो छैन ।
म्ह अर्थात् देहवाचक अनि चेतनाप्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरुमा म्ह को प्रयोग हुँदैन ।
यसै चेतना अनि स्वःतत्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्हपूजा मनाउने चलन रहेको छ ।
नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतनाप्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ ।
शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप आजको दिन अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैँले आफैँलाई खुवाईन्छ ।
गाईलाई किन पूजा गरिन्छ ?
गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन् ।
गाईको सेवा गरेमा सबै पाप नष्ट हुने बताइन्छ । तर के तपाईले कहिल्यै गाईलाई किन पूजा गरिएको छ भन्ने बारेमा सोच्नु भएको छ रु यदि छैन भने आज हामी गाईलाई किन पुज्छौँ भन्ने बारेमा जानकारी दिनेछौँ ।
गौमाताको सिङको तल्लो भागमा व्रह्मा र भगवान विष्णुको बास हुन्छ । साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ । साथै बीचमा महादेवले बास गर्दछन् ।
गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन् ।
गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ ।
सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ ।
सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो ।
यो पनि पढ्नुहोस् :
जहाँ गाईलाई डरलाग्दो जनावर मान्ने गरिन्छ !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया