प्रदेश नं. १ मा ७१ पत्रकार संक्रमित

विराटनगर । प्रदेश नं. १ मा हालसम्ममा ७१ जना पत्रकारमा कोरोना संक्रमण भएको छ । प्रदेश नं. १ का नेपाल पत्रकार महासङ्घका अध्यक्ष विक्रम लुईटेलका अनुसार २० जना पत्रकार आइसोलेसनमा बसेका छन् भने अरु संक्रमणमुक्त भएका छन् ।

यसैबीच नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटालाई आज कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । उनको कनकाईस्थित मेची प्रादेशिक अस्पतालको प्रयोगशालामा बिहीबार पिसीआर परीक्षण गरिएको थियो । आज रिपोर्ट पोजेटिभ आएको हो । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्य अवस्था सामान्य छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?