काठमाडौं । विवाह पछि बिभिन्न कारणले गर्दा सम्बध बिच्छेद हुने गरेको छ । कसैको व्यवहारका कारण सम्बन्ध बिच्छेद हुन्छ भने कसैको बोलचालको शैली नमिल्दा पनि सम्बन्ध बिच्छेद हुने गरेका घटनाहरु हामीले यदाकदा नसुनेका होइनौँ ।
यसै पनि नाता बनाइराख्नको लागि पारदर्शीता हुन अत्यावश्यक हुने गर्दछ । तर केहि पटक भने नाता बनाइराख्नको लागि केहि कुराहरु लुकाइराख्नु नै राम्रो हुने गर्दछ ।
यस्तो अवस्थामा के गर्ने भन्ने बारेमा आज हामी तपाईलाई बिभिन्न कुराहरुको बारेमा जानकारी दिनेछौँ ।
१. केहि पटक पार्टनरको बिजी शेड्युल भएको कारण उसले तपाईलाई पर्याप्त समय दिन सकेको हुँदैन । तर उ जब सबै कारम सकेर तपाईको नजिक आउँदछ तब तपाई उसलाई सेल्फिस सम्झिने गल्ती गर्नु हुन्छ ।
त्यस प्रकारका शब्दहरुले उसलाई अत्याधिक डिस्टर्ब गर्दछ । त्यसैले समस्याको हल चाहनुहुन्छ भने रिस उठेपनि यस प्रकारको शब्द प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
२. विवाह पछि जोडहिरुको सानो तिनो झगडा कुनै नौलो कुरो होइन । तर झगडा अत्याधिक हुँदा मानिसहरु विवाहलाई जिन्दगीकै सबैभन्दा ठूलो गल्ती मान्ने गर्दछन् ।
तर यहि कुराले पार्टनरलाई नराम्ररी गलाउँदछ । त्यसैले यस प्रकारका कुनै पनि विचारमा मनमा नराखौँ ।
३. धेरैजसो मानिसहरु विवाह पछाडि पार्टनरलाई भन्दा धेरै अफिसलाई प्रायोरेटी दिने गर्दछन् । तर हामी कहिल्यै सोच्दैनौँ कि, जुन काम हामी गरिरहेका छौँ त्यो काम पार्टनरलाई नै सुखी र खुसी राख्नको लागि हो ।
यदि पार्टनर नै खुसी छैन भने यति धेरै मिहेनतको केहि काम लाग्दैन, त्यसैले कामको सासाथै पार्टनरलाई पनि निश्चित समय दिनुपर्दछ ।
४. आपसी झगडामा पार्टनरहरु एक अर्काका आमाबुवालाई गलत शब्द प्रयोग गरेर गाली गर्ने गर्दछौँ ।
यसले नाता धेरै नराम्रो र खराब हुने स्थितिमा पुग्दछ, त्यसैले आफ्नो आपसी झगडामा अविभावकलाईबीचमा ल्याउनु हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया