काठमाडौं । मानिसको स्वभावबारे जानकारी राख्न उसको व्यवहार, हाउभाउ, बोल्ने शैली र तथा फेसनको आधारबाट थाहा पाउन सकिन्छ ।
युवतीहरूले पहिलो पटक कोहि युवकलाई हेर्दा विभिन्न कुराहरूमा विशेष ध्यान दिने गर्दछन् ।
कतिपय केटाहरूलाई लुगा लगाउने ढंगदेखि लिएर शरीरको फिटनेस तथा फेसनका विभिन्न तरिका बिना लगाउँदा झनै नराम्रो देखिरहेका हुन्छन् ।
युवतीहरूको आँखा युवकको कपाल, दाह्री ,जुँगा र शरीरपछि युवकले लगाएको लुगा तथा फेसनमा जाने गरेको यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनमा उल्लेख गरिएको छ ।
युवतीहरू युवकहरुको तुलनामा लुगा तथा फेसनमा धेरै चासो दिने त्यसबारे जानकारी राख्ने हुँदा उनीहरूलाई त्यस्तो कुरामा धेरै चासो हुने गरेको अध्ययनको निस्कर्ष छ ।
युवतीहरूको आँखा, कपाल, ओठ, दाँत, चौडा काँध र छाति, मस्कुलर तथा बलियो शरीर, स्मार्ट र बोल्ने तरिकाले युवतीहरू निकै आकर्षित हुने गर्दछन् र युवाहरुले त्यस किसिमका कुरामा अत्याधिक ध्यान दिनुपर्दछ ।
झ्याप्ले कपाल तथा दाह्री पाल्ने केटालाई गुण्डा जस्तो देखिने हुँदा युवतीहरूलाई यस्तो युवकहरू मन पर्दैनन् ।
खुकुलो जीन्स पाइन्टमा बेल्ट नलगाउने, उल्टो क्याप लगाउने, बेल्टमा मोबाइल होल्डर राखेर हिँड्ने,ह्वाङ्ले लुगा लगाएका दुब्लो युवकहरु पनि युवतीहरूलाई मन पर्दैनन् ।
ठूलो कपडामा नसुहाउने हुँदा युवकहरूलाई युवतीहरूले दुब्लो युवकहरू मन पराउँदैनन् ।
युवकहरूले लगाउने जुत्ताबाट पनि युवतीहरूले युवकहरुको बारेमा थाहा पाउने गर्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया