यो कुकुर जसले बाघको सिकार गर्छ !

काठमाडौं – बाघले कुकुरलाई आहारा बनाएको त सुन्नुभएको होला तर यो कुकुर जसले बाघको सिकार गर्छ । आज हामी तपाईलाई यसको बारेमा जानकारी दिँदैछौँ ।

घटना दुई वर्ष अगाडीको हो । भारतको महाराष्ट्र जिल्लाको पांढरका वडा क्षेत्रका बासिन्दाहरु केही दिनदेखि त्रासमा थिए । त्यो क्षेत्रमा एक नरभक्षी बघिनी चिडियाखानाबाट फुत्केर खुल्ला हिँडेपछि स्थानीय त्रासमा थिए । टी-१ नाम दिइएको उक्त बघिनीले केहि दिनमा नै १३ जना मानिस र कयौँ जनावरहरु मारिसकेको थियो । वन विभागले उक्त बघिनीलाई समात्न गरेको कयै प्रयासहरु सफल हुन सकेन । वन रेन्जरहरु नरभक्षि बघिनीलाई समात्नकै लागि दिन रात गस्ती गरिरहेका थिए ।

प्रशासनले उक्त बघिनीलाई समात्ने कोसिसमा अर्को विकल्प अघि सारेको थियो । त्यो हो, बघिनीको शिकारको गर्न ‘केन कोरसो’ प्रजातिको दुई शिकारी कुकुरलाई मैदान छाड्नु । सम्भवत भारतमा बाघलाई पक्रन शिकारी कुकुर प्रयोग गरिएको त्यो नै पहिलो पटक हो । कुकुरलाई बाघको पछाडि छोड्नु अघि चिडियाखानामा रहँदाको उसको खोरमा गरेको पिसाब सुघाँईको थियो ।

केन कोरसो रोमन शासनसम्म पछाडि गएको निक्कै पुरानो जातको इटालियन कुकुर हो । यसलाई सम्पतीको सुरक्षा गर्न र जंगली भालुको शिकारको लागि विकास गरिएको हो । यो नश्लको कुकुर निक्कै बलियो हुन्छ र यो बाघसँग पनि डराउँदैन ।

केन कोरसो प्रजातिको एक कुकुरलाई भारु ६ लाख बराबर पर्छ । टी १ बघिनीको शिकार गर्न प्रयोग गर्न लागिएको कुकुर हैदरावाद निवासी सार्पसुटर नवाब शफथ अलि खानको हो । यी कुकुरहरु उनको तारबारयुक्त दरबारको प्रागढणमा बस्ने गर्थे ।

भारतीय पत्रिका टाइम्स अफ इण्डियासँग कुरा गर्दै वन्यजन्तु आरक्षको प्रमुख संरक्षणकर्ता एके मिश्राले यसलाई पुष्टि गर्दै भनेका थिए ,“ठूलो प्रयास पछि केन कारसोलाई सोमबार मैदानमा उतारिएको छ ।”

मिश्राले बघिनीलाई लिएर आफूहरुको सबैभन्दा ठूलो डर भनेको उसलाई भेट्दै नभेट्ने हो कि भन्ने रहेको बताएका थिए । “उसले दुई वटा घोडा मारी तर हामीले जालमा पार्न राखेको जीवतर्फ गइन । क्यामेरा ट्रापमा पनि उसको तस्वीरहरु भेटिएको छैन ।

उसलाई बेहोस बनाउनको लागि पहिले त उसको अवस्थिति पत्ता लगाउनु प-यो । उ लुकेको ठाँउ पत्ता लागेपछि बल्ल कुकुरहरुलाई प्रयोग गरेर बाहिर निकाल्न सकिन्छ,” उनले भने ।

यो कुकुरमा खास के छ त्यस्तो ? 

केन कोरसोको सम्पत्ति, पशुहरु र परिवारको सुरक्षाको लागि प्रयोग गरिन्छ । इतिहासलाई हेर्ने हो भने यसले रात्रिकालिन चौकिदारको भूमिका निभाउँछन् ।

अमेरिकन केनेल क्लबका अनुसार यो कुकुरको उचाई २५ देखि २८ इन्च हुन्छ र जीवनकाल ९–१२ वर्ष हुन्छ । ४५–५० किलो सम्म वजन हुने यो कुकुरको टाउको भने निक्कै ठूलो हुने गर्छ ।

यो कुकुर फुर्तिलो, तालिम दिन योग्य, निडर हुने बताइन्छ । यही कारण यो कुकुर संसारका कयैन देशहरुमा प्रहरी कुकुरको रुपमा प्रयोग पनि गरिन्छ ।

२० औं शताब्दीमा यसको मुल थलो दक्षिण इटालीको ग्रामिण क्षेत्रमा रहेका फार्महरुमा रुपान्तरण हुन थाले पछि यसको प्रयोग घट्न थालेपछि यो कुकुर दुर्लभ हुन थालेको थियो । त्यसबेला यो कुकुर बचाउन कयौँ समूहहरु बनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?