काठमाडौं । नेपालीहरुको मौलिक चाड तिहारले हामी सबैलाई छपक्कै छोपिसकेको छ । दाजुभाइसँग चेलीको भेटघाट, सेलरोटी अनरसा, फूलहरुको रौनकता साथै देउसी भैलो नेपालीहरुको मौलिक चाड तिहारको मुख्य विशेषता नै हुन् । शहर होस् या गाँउ तिहार भनेपछि रङ्गी चङ्गी र कानमा गुञ्जिरहने ‘देउसी भैलो’ले पनि मानिसहरुलाइ थप उमंग भर्ने काम गर्दछ ।
किंवदन्ती अनुसार हाम्रा हरेक चाडपर्वहरु परापूर्वकालमा देवी देवताहरुले कुनै न कुनै विजयी भएको अवसरमा मनाउन थालिएको भन्ने सुन्नमा आउने गरेको छ ।
त्यो पर्वसँग जोडिएर आउने परम्परापनि पक्कै कुनै न कुनै राजा महाराजले खुशीयालीमा गरेको कामलाई गरेको निरन्तरताबाट थिती बस्न गएको हो । विशेष तिहारमा खेलिने देउसी भैली पनि त्यसैबाटको निरन्तरता भन्दा फरक नपर्ला ।
खासमा ‘देउसिरे’ देव श्री रामबाट अपभ्रशं भएर आएको मानिन्छ ।
अयोध्याबासीले आफ्ना राजाको आगमनमा खुशीयालीमा दियो बालेका थिए । त्यो कालो रात दियाको उज्यालोले धर्ती जगमगाएको थियो । त्यसबेला भगवान रामको नाम पुकार्दै मानिसहरु घर, टोल घुमेका थिए । यहि प्रचलन अहिले देउसिरेको रुपमा विकास भएको भन्ने कथन पनि पाइन्छ ।
समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेलामा मात्र गाइन्छ। हिमाली देश नेपालको यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन् ।
देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् ।
टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन नेपालको मौलिक विशेषता हो । नाँच्ने क्रममा यस घरको मन ठूलो छ, दान पनि ठूलै हुन्छ, भैलोलाई मुठीखोलेर दान दिन्छन्, मिठामिठा परिकार दिन्छन्, छानामाथि घिरौला के-के दिन्छन् हेरौला भन्दै खुब फुर्क्याइन्छ।
त्यसै क्रममा हामी त्यसै आएका हैनौं, बलिराजाले पठाएको भन्ने गरिन्छ । सामुहिकताको भावनामा आधारित भएर खेलिने देउसीले पछिल्लो समय धेरै सामाजिक कामहरु पनि हुने गरेका छन् । रितिरीवाजलाइ जोगाउँदै एउटा उदेश्य सहितको देउसीले धेरै सामाजिक कामहरु पनि हुने गरेको छ ।
कतै एम्बुलेन्स किन्ने , कतै सडक निर्माण , कतै मन्दिर निर्माण जस्ता यावत राम्रा कुराहरु हामी प्रशस्तै मात्रामा सुन्दै आएका छौँ ।
साथै पछिल्लो समय परम्परा जोगाउने नाममा विकृतिहरु पनि भित्रिदै आएका छन् । प्रविधीको व्यापक बिकास भएसँगै देउसीमा पनि प्रविधीको धेरै प्रयोगले मौलिकता हराउँदै गएको पाइन्छ ।
साथै देउसी खेल्ने नाममा धेरै रातीसम्म हो-हल्ला गर्ने तथा पटाका पडकाउने तथा अन्य क्रियाकलापले आम मानिसहरुलाइ सू-सुचित गर्नका लागि प्रत्येक वर्ष सरकारले आह्वान समेत गर्ने गरेको छ । हामीले मनाउने पर्वहरुमा पनि मौलिकता जोगाउन पहल गर्नुपर्ने देखिन थालेको छ ।
टीकाटाला, दाजुभाइ दिदिबहिनीको भेटघाट साथै रमाइलोको एक माध्ययम हो देउसीभैलो । तपाइले पनि अघिल्ला वर्षहरुको तिहारमा देउसी भैलो पक्केै खेल्नु भएको होला ? र यस वर्ष पनि पक्कै देउसी भैलो त पक्कै खेल्नु होला । तर यसवर्ष पहिलेभन्दा समय फेरिएको छ ।
कोरोनाको कहरका कारण यसपटक भैली नखेल्न स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
जनस्वास्थ्यविद्हरुले पनि परम्परादेखी खेल्दै आइएको देउसीभैलोलाइ यसवर्ष नखेल्न सुझाव दिएका छन् ।
देउसी भैलीका क्रममा विभिन्न स्थानमा पुगिन्छ । फरक-फरक मानिसहरुको सम्पर्कमा पुगिने भएकोले कोरोना संक्रमण सर्न सक्छ । त्यसो त धेरै मात्रामा आधुनिकताले छोएका कारण केही मात्रामा मौलिकता भने हराएको छ ।
साथै हामीले खेलिने देउसीभैलोले कतै अरुलाइ असर पो गरीरहेको पो छ की आफूले गरेको रमाइलोबाट अरुलाइ असर परेको नपरेकोमा हामीले ध्यान दिनुपर्ने हुन्छ । त्यसैले हामीले तिहारमा देउसी भैलो खेल्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
त्यसैले देउसी खेल्न जाँदा यस्ता कुरामा ध्यान दिने की ?
पहिलो कुरो त यसपटक आफ्नो परिवारमा मात्रै भैली खेलेर मनाउनुहोस् ।
⦁ देउसी भैलोजस्ता मोरञ्जनात्मक क्रियाकलापमा सलंग्न हुँदा स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालन गर्ने
⦁ भुइँचम्पा, पटाका र आतशबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग गरि समाजमा नकारात्मक असर पर्ने खालका गतिविधी नगर्ने,
⦁ समाजमा नकारात्मक असर पर्ने खालका गीत संगीत तथा श्रव्य-दृश्य सामग्रीको उत्पादन र बिक्री वितरण नगर्ने
⦁ कुनै व्यक्ति वा संस्थाबाट अनुचित दवावमुलक माग नराख्ने,
⦁ साथै सधैँ देउसी खेल्दा सभ्य भाषा,शिष्ट शैलीमा मनोरञ्जनात्मक साथै मौलिक गीतहरुलाई प्राथमिकता दिनुपर्दछ ।
हरेक वर्ष तिहारमा हुने यी र यस्ता विकृती विषङ्गीहरु समाजमा हुन नदिनको लागि गृहमन्त्रालयले विज्ञप्ती जारी गर्ने गरेको छ । साथै यस वर्षपनि सरकारले मौलिक चाड तिहारभित्रको मौलिकता हराउन नदिनको लागि आह्वान समेत गरेको छ भने कोरोनाको कहरले थिलोथिलो पारेको कारण सकभर घरबाहिर अनावश्यक काम वा बहानामा ननिस्कन भनिरहेको छ ।
शुभ तिहार।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया