२५ वर्षअघिको ‘तिहारै आयो लौ झिलीमिली गीत : नसुनि तिहार आए झैँ लाग्दैन (भिडियोसहित)

काठमाडौं । तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आईन् आँगन । शम्भु प्रधानको २५ वर्षअघिको यो गीत तिहार नजिकै गर्दा टीभि, रेडियो, स्पीकर, मोबाईलमा मात्र नभई गाउँ शहर सबैतिर बज्न थाल्छन् । साँच्चै भन्ने नै हो भने नेपाली चलचित्र ‘स्वर्ग’ मा रहेको यो गीत नसुनि तिहार आए झै लाग्दैन । विभिन्न विद्यालय कलेजले पनि तिहारको बिदा दिनुअघि गर्ने विभिन्न कार्यक्रममा यो गित अनिवार्य बज्दछन् ।

गीतमा ग्रामिण परिवेश मादलुको मिठो धुन, युवतिहरु गुन्यू चोलीमा सजिएर भैलिनी खेल्न गएको, हरियो गोबरले लिपेको, लक्ष्मी पुजा गरेको, घरबेटीलाई जिस्काएको, दानदक्षिणा माग गरेको, फूलमालाले सजाएको, सेलरोटी पाकेको, काठको भ-याङ, आँखिझ्याल, गाउँले घर परिवेश, नेपालमा नै जागिर पाईन्छ, विदेशमा नजानू भन्ने खालको सन्देश पनि यस गितमा छ । शिव श्रेष्ठ र गौरी मल्ललाई यस गितको प्रस्तुतीमा देख्न सकिन्छ ।

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका नै धपक्कै बल्न थालिसकेको छ । कोरोना कहरकाबीच आएको यसपलिको तिहारमा पहिले झैँ उत्साह भने छैन।

फेस्टिभल अफ लाइटका नामले चिनिने तिहारमा फूल, रङ र बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जो कोहीलाई रोमाञ्चक बनाउँछ ।

गाउँ घरमा खेत बारीमा रोपेको सयपत्री, मखमली, गोदावरी लगायतको फूल तिहार आउँदा ढकमक्क फुलेको छ । फूलको रंगीचंगीले साँच्चै नै तिहार आएको आभास हुन्छ ।

व्यवसायिक खेति गर्नेहरुलाई माला उन्ने चटारो छ । गाउँघर नै रमाइलो भएको छ । यतिबेला गाउँको हरेक घर–घरमा फूलको बगैँचा देखिन्छ । तर गत वर्ष माघ १० गते पहिलो केस पुष्टि भएदेखि करिब ४ महिना फाट्टफूट्ट पुष्टि भएको कोरोना संक्रमण अहिले करिब २ लाख हाराहारीमा पुगिसकेको छ । यो विषम परिस्थितीको कारण तिहार पोहोर-परार जस्तो रमाईलो माहोलमा मनाउन नपाईने भएको छ । भौतिक दूरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, भिडभाडमा नजान र घरमा रहेका औषधि सेवन गरिरहेका सदस्य, जेष्ठ नागरिक, कुनै सर्जरी गरेका व्यक्ति, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, अशक्तता भएका सदस्यहरुको ध्यान बढी नै दिनुपर्ने भएकोले यसपटक उच्च सतर्कताका साथ तिहार मनाउनुपर्नेछ ।

यसैले अघिल्ला वर्षहरुमा भन्दा यसवर्ष थप सचेत हुनुपर्छ ।

यो गित हेर्नुहोस् : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?