रोनाल्डोको दुई गोलमा युभेन्टसको सहज जित

काठमाडौं । सिरी ए फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेन्टसले स्पेजियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै अल्भारो मोराटा र एड्रियन राबिओटले समान एक एक गोल गरे ।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए । खेलको १६ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ३२ औं मिनेटमा स्पेजियाका पोबेगाले गोल गर्दै खेल १-१ गोलको बराबरीमा फर्काएका थिए ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका रोनाल्डो खेलमा चम्किएका थिए । खेलको ५६ औं मिनेटमा मैदान प्रवेश गरेका रोनाल्डोले खेलको ५९ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई २-१ को अग्रता दिलाए ।

Spezia 1-4 Juventus: Serie A Player Ratings - ronaldo.com

६८ औं मिनेटमा एड्रियनले गोल गर्दै युभेन्टसको अग्रता ३-१ को बनाए । खेलको ७७ औं मिनेटमा पेनाल्टीबाट रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई ४-१ को जित दिलाए ।

Spezia 1-4 Juventus: Player ratings as Cristiano Ronaldo nets twice after  coming off the bench | Serie A 2020-21

कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै मैदान प्रवेश गरेको पहिलो खेलमै रोनाल्डोले दुई गोल गरेका हुन् । करिब ३ साता मैदान बाहिर रहेका रोनाल्डोले ४ खेल गुमाएका थिए । जितसँगै युभेन्टसले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्टस दोस्रो स्थानमा रहेको छ ।

स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?