मंगलवार अधिकांश मुद्राको मूल्य वृद्धि, कस्तो छ मंगलवारको विनिमयदर ?

काठमाडौं । नेपाली बजारमा मंगलवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ । यस्तै सोमवार १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसाम कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १३८ रुपैयाँ ३० पैसा र बिक्रीदर १३८ रुपैयाँ ९९ पैसा तोकेको छ । सोमवार १ यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ४७ पैसा मा कारोबार भएको थियो ।

शुक्रवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरेको छ । एक कारोबार दिन अगाडि सोमवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसामा कारोबार भएको थियो ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ९० पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ६५ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?