अभिनेत्री कंगनामाथि राजद्रोहको केस

काठमाडौं । मुम्बई पुलिसले मंगलवार राजद्रोहको केसमा बलिउड अभिनेत्री कंगना रनौत र उनकी दिदी रंगोली चन्देललाई उपस्थित हुन आदेश दिएको छ ।

उनीहरुलाई १० नोभेम्बर भन्दा पहिला सोधपुछका लागि बान्द्रा पुलिस स्टेशनमा उपस्थिती हुन भनिएको छ ।

दुबैविरुद्ध अदालतको आदेशमा १७ अक्टोबरमा बान्द्रा पुलिसले केस दर्ता गरेको थियो ।

उनीहरुलाई कंगनालाई २६ अक्टोबर र उनकी दिदीलाई २७ अक्टोबरमा उपस्थित हुन भनिएपनि भाईको विवाहमा जाने कारण देखाउँदै उनीहरु उपस्थित भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?