प्रभु बैंकको प्रगतिनगर शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले बुधवार देखि नवलपुर (नवलपरासी पुर्व) जिल्लाको देवचुली नगरपालिका प्रगतिनगरमा नयाँ शाखा सञ्चालन गरेको छ ।

उक्त शाखा बैंकको २११ औं शाखा हो । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?