गाउँपालिकाको भवन शिलान्यास

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले क्व्होलोसोथर गाउँपालिकाको वडा नम्बर दुईमा प्रशासकीय भवनको आज शिलान्यास गररेका छन् । कार्यक्रममा मुख्यमन्त्री गुरुङले प्रदेशमा पालिकाको भवन नहुँदा विभिन्न समस्या भइरहेकाले विभिन्न पालिकाहरुको भवन निर्माणमा प्रदेश सरकार लागेको बताए । प्रदेश सरकार सधैँ भौतिक पूर्वाधार विकासमा प्रतिवद्धता रहेको समेत उनले बताए ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले गाउँपालिकाको प्रशासकीय भवन नहुँदा विभिन्न समस्या झेल्दै आएपनि भवन निर्माणसँगै नागरिकलाई समेत थप सहज रुपमा सेवा दिन सकिने बताए । वडाध्यक्ष बुद्धि गुरुङले तीन आना निशुल्क जग्गा दान र गाउँपालिकाले १० लाख रुपैयाँमा खरिद गरेको गरी तीन रोपनी जग्गामा तीन तले पक्की भवनमा ३६ कोठे भवन निर्माण हुन लागेको छ ।

गाउँपालिकाका अनुसार चार करोड १९ लाख ७४ हजार रुपैयाँमा गाउँपालिकाको भवन निर्माण हुने भएको छ । यस भवन निर्माणका लागि प्रदेश सरकारको साँढे एक करोड र गाउँपालिकाको ७४ लाख रुपैयाँ छुटयाइएको छ । अपुग रकम प्रदेश सरकार र गाउँपालिकाले थप्दै जाने भएको छ । यस भवन निर्माणको जिम्मा रविना–अविसा–विकन– जेभी काठमाडौंले लिएको छ । वि.सं. २०७९ असोजसम्म भवन निर्माण सक्ने सम्झौता भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?