हकप्रद प्रक्रिया, बिधि र अपनाउनु पर्ने सावधानी

केशब अधिकारी/काठमाडौं । साधारण अर्थमा भन्नुपर्दा पुँजी बजार भन्नाले प्रतिभुती सम्बन्धि कारोबार हुने ठाउँ हो । जहाँ बिभिन्न कम्पनिका शेयर तथा ऋणपत्रहरु (प्रतिभुतीहरु) को खरिद बिक्रि हुने गर्दछ ।

प्रतिभुतीहरुको प्ररम्भिक बिक्रि बितरणमा सलंग्न हुने बजारलाई प्राथमिक बजार भनिन्छ । अर्को शब्दमा भन्नुपर्दा नयाँ अथवा पहिलो पटक निष्कासन गरीएका प्रतिभुतिहरुका बिक्रि बितरण हुने बजारलाई प्राथमिक बजार भनिन्छ । यसैगरी एकपटक निष्कासन भईसकेका प्रतिभुतीहरुको मात्र पुनः खरिदबिक्रि हुने बजारलाई सहायक बजार यानिकी दोस्रो बजार भनिन्छ ।

प्राथमिक शेयर बजारमा एकपटक निष्कासन गरिएका प्रतिभुतिहरु खरिद गर्ने लगानीकर्ताहरुले बिक्रि गर्न चाहेमा वा प्राथमिक बजारमा प्रतिभुति खरिद गर्न नसकेका लगानीकर्ताहरुले प्रतिभुतीहरु खरिद गर्न चाहेमा त्यस्ता प्रतिभुतिहरु दोस्रो (सहायक) बजारमा उपलब्ध हुन्छन् ।

यसरी दोस्रो बजारमा कारोबार भईरहेका कम्पनीका शेयरहरुमा नै कम्पनीले आफुलाई पुँजीको आवशयक पर्दा वा आफ्नो पुँजीलाई बढाउनका लागि आफ्ना पुराना शेयरधनीलाई पुन: आफ्ना शेयर अंकित मुल्य यानिकी १०० रुपैयाँ प्रति शेयरमा बिक्रि गर्ने गर्दछन जसलाई हकप्रद शेयर निष्काशन गर्नु भनिन्छ ।

कम्पनीका शेयरहरुको कारोबार मुख्यतया दुई प्रकारका हुन्छन्, एक प्रोमोटर शेयर र अर्को साधारण शेयर मा बिभाजन गरी गरीएको हुन्छ । कम्पनीका प्रोमोटर शेयरधनीहरुले आफ्नो शेयरमा लगानी गरीएको धन बिबिध कारणले बिक्रि गर्ने गर्दछन । सर्बप्रथम त उक्त शेयर त्यहीँ रहेका अन्य शेयर सदस्यलाई खरिद गर्न आग्रह गरीन्छ । यदि अन्य सदस्यहरु खरिद गर्न अनईच्छुक भए लिलामिका लागि राखिन्छ ।

त्यसैगरी अर्को तर्फ कम्पनीले आफुलाई पुँजीको आवशयक पर्दा वा आफ्नो पुँजीलाई बढाउनका लागि आफ्ना पुराना शेयरधनीलाई पुन: आफ्ना शेयर अंकित मुल्य यानिकी १०० रुपैयाँ प्रति शेयरमा साधारण शेयरको हकप्रद शेयर जारी गर्दछ र तपाई हामीहरुले बुक क्लोज पुर्व उक्त कम्पनीको शेयरधारण गरी रहेको थियौ भने तपाई हामीहरुले उक्त कम्पनीले निष्कासन गरेको हकप्रदमा आबेदन दिन सक्नेछौ । यहाँ तपाई हामीहरुले हकप्रद शेयरमा आबेदन दिन अनईच्छुक छौ भने उक्त कम्पनीले तोकेको बुक क्लोज मिति पुर्व उक्त कम्पनीको शेयर खरिद गर्दा उपर्युक्त हुन्छ कि पछाडि खरिद गर्दा उपर्युक्त हुन्छ भन्ने कुराको बिशलेषण गर्नुपर्दछ । यदि तपाई हामीले कम्पनीको बुक क्लोज पुर्व आफुसँग रहेको शेयर नबेची बस्यौ र अनि पछि कम्पनीले निष्काशन गरेको हकप्रद शेयर हालेनौ भने बुक क्लोज पछि कम्पनिले आफ्नो बजार मुल्यमा समायोजन गरी पुन: बजारमुल्य तोक्ने छ ।जसबाट तपाई हामी लगानीकर्तालाई घाटाको अवस्था सिर्जना भएर आउछ ।

तसर्थ तपाई हामीले बुक क्लोज अगाडि शेयर खरिद गर्दा उपर्युक्त हुन्छ कि पछाडि खरिद गर्दा उपर्युक्त हुन्छ भन्ने कुराको बिशलेषण गर्नुपर्दछ । यदि समग्र बजार बढ्दो ट्रेन्डमा छ र कम्पनीको बित्तीय सुचक सकरात्मक छ भने बुक क्लोज अगाडि दोस्रो बजारबाट शेयर बेच्न भन्दा नि खरिद गर्न उपर्युक्त हुन्छ । यदि तपाई हामी आफु बुक क्लोज पुर्व नैै शेयरधनी भए र उक्त कम्पनीले हकप्रद सेयर निष्कासन गरे आफु संग भएको कम्पनीको शेयर संङख्यामा बृद्धि हुन्छ र आगामी दिनमा बजार मुल्यमा बृद्धि भए फाइदा हुने छ । अर्कोतर्फ यदि समग्र बजार घट्दो ट्रेन्डमा छ भने बुक क्लोज अगाडि नै शेयर मुल्य बढि भए बिक्रि गर्ने र बुक क्लोजपछाडी मुल्य समायोजन पछि शेयर खरिद गर्दा उपर्युक्त हुन्छ ।

हकप्रद शेयर जारी गरेपछी कम्पनीको मुल्य कसरी सामायोजन गरी निर्धारण गरिन्छ :

उदाहरणका हाल हकप्रद शेयर जारी गरी राहेको सिभिल लघुबित्त बित्तिय संस्थलाई लिन सकिन्छ । मानौँ हजुरहरु सँग सिभिल लघुबित्त बित्तिय संस्था लि. को १०० कित्ता शेयर छ जसको बुक क्लोज पुर्वको प्रति शेयर बजार मुल्य १०२२ रुपैयाँ छ । यदि कम्पनीले १ः१ बराबर हकप्रद शेयर जारी गर्‍यो । यसको मतलब के हो भने १ कित्ता सेयर हुने ब्याक्तिले १ कित्ता कै लागि आबेदन दिन सक्छ । तसर्थ यहाँ १०० कित्ता सेयर हुने सेयरधनीले १०० कित्ता कै लागि आबेदन दिन सक्नेछन् ।
यसको मुल्य समायोजन, कम्पनीको बुक क्लोज पुर्वको बजार मुल्य हकप्रद शेयरको प्रति शेयर अंकित मुल्यलाइ हकप्रद शेयर प्रतिशतले गुणन गरी आउने परिणमलाई  हकप्रद शेयरदरले भाग गरी निकालिन्छ ।

माथिको उदाहरणमा सिभिल लघुबित्त बित्तिय संस्था लि. को १०० प्रतिशत हकप्रद बितरणपछीको मुल्य समायोज यसरी गरिन्छ :

( १०२२ + १०० ÷ १ + १ ) = ५६१
यसरी अब कम्पनीको दोस्रो बजारमा कारोबार खुल्दा प्रति शेयर रु ५६१ का दरबाट कारोबार हुने छ ।

कस्तो अवस्थामा कम्पनीका सेयरहरु लिलामीका लागि आउछन :

जब कुनेै कम्पनिले आफ्नो निशिचत पुँजीको आवशयकता पर्दछ तब पुँजी बढाउनका लागि कम्पनीले आफ्ना पुराना शेयरधनीलाई पुन निशिचत रकम बराबरको साधारण मुल्यमा शेयर बिक्रिका लागि राख्ने गर्दछ तब कति शेयरधनीले आबेदन दिन्छन त कति सुचना अभाबले भनम त कति अन्य कारणले आबेदन दिन छुट्ने गर्दछन । यसरी कम्पनीले निष्कासन गरेका सम्पुर्ण शेयर बिक्रि नहुँदा उक्त बाकि रहेका शेयरहरु कम्पनीले लिलामी प्रक्रिया द्वारा बिक्रि गर्दछ । जसका लागि कम्पनीले हकप्रद शेयर लिलामीकाका लागि कुनै क्यापिटललाइ ईस्यु म्यानेजराका रुपमा नियुक्त गर्दछ ।

लिलामीका लागि राखिएको शेयरका लागि आबेदन दिने प्रक्रिया के–के हुन ?

लिलामीको शेयरमा आबेदन दिन निम्न कुराहरु चाहिन्छ ।

१. लिलाममा राखिएका शेयर आबेदनका लागि तोकिएको स्थानमा यानिकी बैंक वा बैकका शाखा बाट आबेदन दिन मिल्ने छ भनि तोकेको हुन्छ । उक्त बैंकको आफुलाई पायक पर्ने नजिकको शाखामा गई इस्यु क्यापिटलले बिकसित गरेको उल्लेखित आबेदन फर्म भरी पेश गर्नुुपर्दछ ।

२. आबेदनका लागि आवशयक मुल्य बराबर गुड फर पेमेन्ट चेक अथवा यदि तपाईले बैंक भौचर जम्मा गर्नु हुदैछ भने सम्बन्धित संस्थाले तोकेको खाता नम्बरमा जम्मा गर्न सकिन्छ ।

जसअन्र्तगत निम्न कुराहरु समाबेश गरी आबेदन दिनु पर्दछ :

क. गुड फर पेमेन्ट चेक अथवा जम्मा गरीएको निक्षेप भौचर को कपी

ख. नागरिकताको प्रतिलिपी

ग. पान नम्बरको प्रतिलिपी

घ. डिम्याट कनफरमेसनको कपी

३. अब यसरी सबै पक्रिया पुर्‍याएपछी सबैलाई खाममा हालेर सिल गरी आबेदन दिनु पर्दछ ।
फर्म भर्दा केरमेट भए त्यहाँ आफ्नो मिल्ने हस्ताक्ष्र पुनः गर्नु पर्दछ तर भरसक कुनै पनि केरमेट नभएको फारम हालेको राम्रो हुनेछ तसर्थ यदी केरमेट भई हाले पुन: अर्को फर्म भरी बिना कोरमेट भएको फर्म भरी आबेदन दिनु पर्दछ ।

यसको बाडफाँड कसरी हुन्छ :

यस शेयरको बाडफाँड सार्वजानिक उपस्थितिमा गरीन्छ । मुल्यका आधारमा कम्पनीले निष्काशन गरेका सम्पुर्ण शेयर बिक्रि गरी कट अफ मुल्य निर्धारण गरीन्छ र उक्त मुल्य भन्दा कम मुल्य राखी आबेदन दिने शेयरधनी हरुले पाउँदैनन ।

लिलामीमा राखिएको शेयरमा आबेदबाट के–के फईदा हुन्छ :

१. बजार मुल्य भन्दा कम मुल्यमा बिड गरी शेयर पार्न सफल भई फाईदा लिन सकिन्छ । यदि कम्पनीको बित्तिय सुचक सकरात्मक अनि राम्रो छ र मुल्यको टे«न्ड बिगत ३ महिना यता हेर्दा उचित देखिए बजार मुल्यको २ ५ देखी १०५ सम्म मूल्य कम गरी आबेदन दिँदा सम्बन्धित कम्पनीको लिलामीमा राखिएको शेयर हात पार्न सकिन्छ । जसको कट अफ मुल्य कम्पनीको बित्तीय सुचक र बिगत ३ महिना यताको मुल्यको ट्रेन्ड आधारमा अनुमान गर्न सकिन्छ ।

२. ब्रोकर कमिशन बापत दिने रकमको बचत हुन्छ ।

३. सोबोन कमिशन बापत दिने रकमको बचत हुन्छ ।

यस प्रकार माथिका कुराहरु बुझेर लिलामीमा राखीएका शेयरमा बोलकबोलद्वारा उचित मुल्यमा खरिद गरी उचित लाभ लिन सकिन्छ ।

(लेखक अधिकारी एक बैंकर र लगानीकर्ता समेत हुन ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?