काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेलाई १८ औँ मानार्थ महारथी पदवी प्रदान गरिएको छ ।
तीन दिने नेपाल भ्रमणमा आएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी हुन् । उनी बुधवार नेपाल आइपुगेका थिए ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप उनलाई नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरिएको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया