गण्डकी । गण्डकी प्रदेशमा २७९ जना कोरोना संक्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको संख्या चार हजार ८०२ जना पुगेका छन् । प्रदेशमा सक्रिय संक्रमतिको तीन हजार ६४५ छ भने मृत्यु हुनेको संख्या ९६ पुगेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया