कफी पिउनुहुन्छ ? यस्ता छन् फाइदा

काठमाडौं – अचेल धेरैका लागि कफी खानु आदत जस्तै हो । मानिसहरु बिहान दिउँसो र बेलुका खाना वा नास्तासँगै केही नै केही पेय पदार्थ लिइरहेका हुन्छन् । केहिबाहेक कफीको आदतमा धेरै शहरबासी नेपाली पनि डुबिसकेका छन् ।

केहि विद्यार्थीहरु समेत अध्ययनको लागि रातमा अलिक खटिने अवस्थामा कफि पिउने गर्छन् ।

कफि खानुका फाइदा बेफाइदा दुवै छ । त्यसैले यसको प्रयोग गर्दा साबधानी अपनाउनुपर्छ ।

बिस्तारै बढ्दै गएको जाडोमा पनि मानिसहरु कफिको चुस्कीमा काम गर्न पढ्न रुचाउँछन् ।

कफीमा पाइने क्याफिन नामक तत्वले शरिरमा ऊर्जा प्रदान गर्छ । यसले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्ने अध्ययनबाट खुलेको छ ।

कफीले मुड फ्रेस गर्छ । तनावबाट केहि रिफ्रेस गराउँछ ।

चिकित्सकका अनुसार कफीमा पाईने क्याफिन नामक तत्वले पार्किन्सनका बिरामीका लागि पनि फाइदा पुर्याउँछ । तर तपाई पार्किन्सनको बिरामी हुनुहुन्छ भने आफ्नो डाक्टरसँग अवशय सोधेर पिउनुहोस् ।

नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।

नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्ति भन्दा बढी हुन्छ ।

साथै, कफीले हृदयघात र मस्तिष्कघात हुने सम्भावना समेत कम गर्छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?