काठमाडौं – नाम सुन्दा नै जिरिङ्ग पार्ने घातक रोग हो – क्यान्सर । पहिलो स्टेजमा थाहा पाउँदा मात्रै उपचार संभव भएको कारणले पनि यो रोगले धेरैको ज्यान लिईसकेको छ ।
स्वास्थ्य सेवाको पहुँच र अझैपनि सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने विवशता भएको नेपालजस्तो देशमा नियमित स्वास्थ्य परिक्षणको उपलब्धता नभएको कारण पनि यो रोगको बेलैमा उपचार गर्न सम्भव छैन ।
चिकित्सकका अनुसार शरीरको विकासको क्रममा कोषिकाहरुको अनियन्त्रित विकास भएर क्यान्सर निम्तिन्छ, अर्थात् कोषिकाहरु बढेर एक ठाउँबाट अर्को ठाउँमा सर्नुलाई क्यान्सर भनिन्छ । यद्यपी क्यान्सर लाग्नेबित्तिकै मानिसको ज्यान जाँदैन । तर ठूलो धनराशि खर्च गरेपनि मात्रै यो रोग ठिक हुन्छ । तर धेरैको ठिक भएपश्चात् पनि अन्य समस्या भएर मृत्यु भएको छ ।
नेपाल र नेपालजस्तै विकाशशील देशमा क्यान्सर रोगको अवस्था भयावह बन्दै छ ।
नेपालमा प्रत्येक वर्ष ५० हजार भन्दा बढीको संख्यामा क्यान्सरका नयाँ रोगी बढेको विभिन्न तथ्यांकले देखाउँछन् ।
नेपालमा वार्षिक २५ देखि ३० हजारको हाराहारीमा क्यान्सरका बिरामी अस्पतालसम्म पुग्ने गरेका छन् ।
त्यसो त अल्कोहल, सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, उच्च रक्तचाप, मधुमेह लगायत नसर्ने रोगको जोखिम पनि बढाइरहेको छ ।
विश्वभरमा अहिलेसम्म क्यान्सरका एक सयभन्दा बढी प्रकार पत्ता लागिसकेका छन् ।
विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा विश्वव्यापी रुपमा निकालेको तथ्यांकअनुसार सबैभन्दा बढी मृत्यु गराउने क्यान्सर महिला र पुरुष फरक /फरक रहेको पाइएको थियो ।
पुरुषमा क्रमश : फोक्सो, प्रोस्टेट, ठूलो आन्द्रा, आमाशय र कलेजोका क्यान्सर प्रमुख हुन् भने महिलामा स्तन, ठूलो आन्द्रा, फोक्सो, पाठेघरको मुख र थाइराइड मुख्य रुपमा लाग्ने क्यान्सर हुन् ।
विश्व स्वास्थ्य संगठनको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर को पछिल्लो तथ्यांकअनुसार सन् २०१८ मा नेपालमा क्यान्सरबाट सर्बाधिक तीन हजार आठ सय ३३ जना पिडित थिए ।
सोही वर्ष तीन हजार ६ सय ६५ जनाको मृत्यु भयो ।
त्यस्तै,सर्भिकल क्यान्सर भएका दुई हजार नौ सय ४२ जनामा एक हजार नौ सय २८ जनाको मृत्यु भएको तथ्यांंक छ ।
तथ्यांकअनुसार नेपालमा दुई लाख ६ हजार एक सय ८४ जना क्यान्सरका नयाँ बिरामी भेटिएका थिए भने एक लाख नौ हजार ४ सय ३१ जनाको मृत्यु भएको थियो ।
यो अवस्था नियाल्दा आगामी वर्षमा क्यान्सर अझै बढ्न सक्ने प्रक्षेपण गरिएको छ ।
अस्वस्थ्यकर जीवनशैली खानपान, वंशानुगत गुण, बाह्य वातावरण प्रभाव, मद्यपान र निकोटिनको प्रयोग क्यान्सरका मुख्य कारण हुन् । मूलत क्यान्सरको कारण :
१. सुर्तीजन्य पदार्थको सेवन
२. खानपिन
३. प्रदूषित वातावरण
४. वंशाणुगत
५. घामको विकिरण
६.शारिरीक ब्यायाम
७. पाको उमेरसम्म बच्चा नजन्माउदा
८. स्तनपान नगराउने महिलाहरुमा पनि समस्या धेरै देखिएको छ ।
९. बोसोयुक्त मासु खाँदा
१०. तारेको, पोलेको खाना खाँदा
११. नुन तथा पुराना अचार खाँदा
१२.वंशानुगत गुण
क्यान्सर रोग विषेशज्ञ डा. रोशन प्रजापति भन्छन् :
एकैचोटी क्यान्सर भएको भनेर थाहा पाइदैन ।
कुनै गिर्खा आएको छ /बढ्दै गएको छ भने आफै पनि जाँच्न सकिन्छ ।
खोकी, निमोनिया एक दुई हप्तामा निको भएन भने क्यान्सर हो की भनेर शंका गर्नुपर्छ ।
महिनावारी भएको ५ दिनमा आफैंले पनि स्तन छामेर कुनैगाँठा आएको छ की छैन पत्ता लगाउन सकिन्छ ।
तेस्रो स्टेजसम्म्को क्यान्सर निको हुन्छ, चौथो स्टेजकोलाई बचाउन निक्कै गाह्रो हुन्छ ।
कुनै अंगमा क्यान्सर भएको छ त्यो अंगको मासु निकालेर जाँच्नुपर्छ । मासु निकालेर परीक्षण गरेपछि थाहा हुन्छ ।
कसरी बच्ने :
१. धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने
२. खानपानमा ध्यान पुर्याउने अखाद्य वस्तुको प्रयोग नगर्ने । जस्तैः किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा, गालेको अचार आदि नखाने
३. पर्याप्त व्यायाम गर्ने
४. जीवनशैली परिवर्तन गर्ने (शान्त सुरम्य जीवन बाँच्ने )
५. बोसोयुक्त मासु नखाने
६. तारेको, पोलेको खाना नखाने
७. नुन तथा पुराना अचार कम खाने
८. समयमै बच्चा जन्माउने
९. बच्चालाई स्तनपान गराउने
१०. नियमित स्वास्थ्यपरिक्षण गराउने
११. सरसफाईमा विशेष ध्यान दिने
१२. सचेतना फैलाउने/सचेत रहने
१३. नियमित शारिरीक परिक्षण गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया