‘शत्रु गते’ रिलिज हुनै लाग्दा आँचललाई के भयो?

काठमाडौं, ५ चैत – नायिका आँचल शर्मा पछिल्लो समय चर्चामा छिन् । शत्रु गतेको रिलिज मिति नजिकिँदै गर्दा उनी यतिबेला अरु अभिनेत्रीलाई पछाडि पार्दै मिडियामा छाउँदै छिन् ।छाउनु स्वभाविकै पनि भइहाल्यो, चलचित्र ‘शत्रु गते’ लाई पनि प्रचार चाहिएको छ । उनले पत्रकारको साथ पनि पाएकी छिन् । त्यसो त यी ‘क्युट’ हिरोइनले फ्यान राम्रै कमाएकी छिन् ।तर आइतवार भने उनी एकाएक फरक मूडमा देखिइन् । ‘शत्रु गते’ टिमले राखेको पत्रकार भेटघाट कार्यक्रममा एक पत्रकारले सोधिन्, ‘तपाईंले मदिरा सेवन गर्ने रोलको फिल्ममा काम गर्दिन भन्नुभएको थियो, तर यसमा त गर्नुभएछ नि?’उनी एकाएक कुल भइन् । सोच्दै नसोची भनिन्, ‘तपाईंले कस्तो सिल्ली क्वेइसन गर्नुभयो ।’यही सिल्ली प्रश्नलाई लिएर यतिबेला कैयन् प्रश्न आएका छन् । केही फ्यानले उनको त्यो भिडियो हेरेपछि भनेका छन्, ‘अब आँचल पनि घमण्डी भइछन् ।’यतिबेला आँचल पक्कै तनावमा छिन् । किनकि उनी यस्ता साना–साना कुराले पनि नरमाइलो मान्ने अभिनेत्री हुन् । उनले आइतवार नै एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘मलाई सानो कुराले पनि खुशी बनाउँछ, र सानै कुराले पनि दुखी बनाउँछ ।’सिल्ली प्रश्न भनेर दिएको अभिव्यक्तिले उनलाई अलिअलि विवादमा त तानेकै हो । तर यतिबेला उनले फेरि यसको तर्क नगरी कुरा सेलाउन दिइन् भने उनको त्यो चकलेटी अनुहारका फ्यानले रिसाउने मौका पाउँदैनथे कि?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?