गण्डकीमा १८२ संक्रमित थपिए, एकको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १८२ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

कास्कीको रुपा गाउँपालिका—५ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ ।

प्रदेशमा कुल कोरोना संक्रमितको संख्या नौ हजार ७०३ छ । प्रदेशमा हालसम्म चार हजार ९७० निको भएका छन् भने सक्रिय संक्रमितको चार हजार ६२० रहेको निर्देशनालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?